काठमाडौं, १४ माघ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले १० वर्षभित्र उपत्यकामा ‘मेट्रो रेल’ सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । उपत्यकाको यातायात व्यवस्था अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गर्दै लेखकले ‘फ्लाइ ओभर’, ‘मेट्रो रेल’ लगायतका वैकल्पिक पूर्वाधार निर्माण गर्नेबारे मन्त्रालयका अधिकारीसँग छलफल भइरहेको बताए । मुलुकका विभिन्न स्थानमा सडक संरचना पुर्याउनेबारे मन्त्रालयले तीव्र गतिमा काम अघि बढाएको दाबी उनले गरे । (कान्तिपुर दैनिकबाट)


0 comments
प्रतिक्रिया दिनुहोस्...