-->
ट्रम्पको फैसलामा असहमति जनाउँदै जुगरवर्ग भन्छन् - ’आप्रवासीकै योगदानले अमेरिका बनेको छ’

माघ १६, काठमाण्डौँ – हालै मात्र अमेरिकाको राष्ट्रपतिको रुपमा पदभार सम्हालेका डोनाल्ड ट्रपले गरेका केही निर्णयहरु विवादास्पद हुन थालेका छन् ।
पछिल्लो समय ट्रम्पले अमेरिकामा रहेका प्रवासी र मुस्लिम राष्ट्रबाट आएका शरणार्थीको संख्या कम गर्नको लागि कडा फैसला गरेका छन् । सोही फैसलामा असहमति जनाउँदै सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुगरवर्गले आफ्नो धरणा शेयर गरेका छन् ।
आफ्नो फेसबुक पेजमा जुगरवर्गले भनेका छन् – ’अमेरिका आप्रवासीको देश हो, जसमा देशले नै गर्व गनुपर्दछ । कयौँ व्यक्ति जस्तै म पनि ट्रम्पको शासकीय आदेश देखि चिन्तित छु ।’
उनले लेखेका छन् – ’अमेरिकालाई सुरक्षित राख्न जरुरी छ तर सुरक्षाको खोजी गर्दै आएकाहरुको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ । जो व्यक्तिलाई हाम्रो आवश्यकता छ, उनीहरुको लागि अमेरिकाले आफ्नो ढोका सधैँ खुला राख्नुपर्दछ । अमेरिका आप्रवासीकै कारण निर्मित देश हो । यदि दुनियाका प्रतिभावान व्यक्तिले अमेरिकामा रहेर आफ्नो योगदान दिन्छ भने त्यो देशकै लागि राम्रो कुरा हो ।’ जुगरवर्गकी पत्नी प्रेसलियाका परिवार पनि चीन र भियतनामका शरणार्थीको रुपमा अमेरिका आएका थिए ।
उता नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएकी पाकिस्तानकी मलला युसुफजईले पनि शरणार्थी प्रति राष्ट्रपति ट्रम्पले चालेको कदमले आफू दु:खी रहेको बताएकी छिन् । उनले ट्रम्पसँग अनुरोध गरेकी छिन् कि - ’विश्वकै असुरक्षित मानिसका साथ नछोड्नुहोस् ।’
गत शुक्रबार ट्रम्पले एक सरकारी आदेशमा हस्ताक्षर गर्दै मुस्लिम देशबाट आउने शरणार्थीलाई अमेरिका प्रवेशमा निषेध गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.