काठमाडौं, माघ १२ – गायक पन्नाकाजी शाक्यको बुधबार निधन भएको छ । लामो सयमयदेखि बिरामी रहेका गायक शाक्यको बिहान आफ्नै घर काठमाडौंको टेकुमा निधनन भएको हो ।
उहाँको बुधबार नै अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् । १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिनु भएका गायक शाक्यको बुवाको नाम चतुरमान शाक्य र आमाको नाम बालकुमारी शाक्य हो । उहाँले २००४ सालदेख गीत गाउन थाल्नु भएको थियो ।
२००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका शाक्यले २०१६ सालमा पहिलो गीत रेकर्ड गराउनु भएको थियो । २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै उहाँले स्वर्ण पदक जित्नु भएको थियो । रेडियो नेपालमा जागिरे उहाँले २०४० सालपछि रेडियो छोड्नु भएको थियो ।
चार सय भन्दा धेरै गीत गाउनु भएका उहाँको डेढ दुई सय गीत मात्र उपलब्ध छ । तिरिरी मुरली बज्यो वनैमा, किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ लगायत गीत निकै लोकप्रिय छ ।
मविवि शाहको किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ बोलको गीत सबैभन्दा पहिले उहाँले नै गाउनु भएको थियो । उहाँका चार छोरा र एक छोरी छन् । दुई छोरा गीत संगीतमा नै सक्रिय छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...