आउन त छोरो जहाज नै चढी आएँ आमा !
बिन्ती छ नरुनु बाकसमा सडी आएँ आमा !!
बुढेसकालको सहारा भनी जन्माएर हुर्कायौ !
अब कहील्यै नउठ्ने गरेर लडी आएँ आमा !!
कती थीए सपना र चाहाना सब खरानी भयो !
बाकस सगै जीबनको पाठ पढि आएँ आमा !!
आउन त छोरो जहाज नै चढीआए आमा !
बिन्ती छ नरुनु बाकसमा सडि आएँ आमा !!


0 comments
प्रतिक्रिया दिनुहोस्...