छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ । हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ । यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो । साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन । यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ । आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ ।
१.आँखा तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागि
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ ।
दुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ ।
२. कालो दाग र मुसा आउने समस्याको लागि उपयोगी
चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।
चामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ ।
३. घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगार
एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।
एक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ ।
४. अनुहारमा देखिने बुढौलिपन हटाउनको लागि
चामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ ।

काठमाडौं– फागुन १ गतेदेखि नेपाल सरकारले बाथ मुटुरोगीको भल्व शल्यक्रिया निःशुल्क गर्ने भएको छ । शहीद गंगालाल हृदय केन्द्रको बार्षिकोत्सव का अवसरमा स्वास्थ्य मन्त्री गगन थापाले यस्तो बताएका हुन् ।
बाथ मुटुरोग बालबालिकामा मात्र लाग्ने रोग हो । यो रोग ३ देखि १५ वर्ष उमेरका बालबालिकामा ‘ग्रुप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक व्याक्टेरियाका कारण लाग्ने गर्छ । यो व्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि बाथ मुटुरोग लाग्छ । यसका लक्षणहरुमा ज्वरो आउने, घाँटी दुख्ने, थुक निल्न अप्ठ्यारो हुने हुन्छ ।
कसै-कसैलाई औषधि सेवनपछि लक्षण कम भएर जान्छ । तर सबैलाई औषधिले निको पारीहाल्छ भन्न चाहिँ सकिँदैन । औषधि सेवनपश्चात् पनि एक हप्तादेखि एक महिनाको बीचमा पुनः ज्वरो आउने, जोर्नी दुख्ने वा सुन्निने भएमा त्यसलाई वाथ ज्वरो भनिन्छ । वाथ ज्वरोले मुटुका भल्भलाई असर गरेपछि त्यसलाई वाथ मुटुरोग भनिन्छ ।
वाथ ज्वरोले सिधै मुटुलाई असर गर्छ । तर कुल विरामीको केही प्रतिशतलाई मात्र वाथ मुटुरोग हुन सक्छ । भल्भहरु मुटुभित्रको रक्त प्रवाह सुचारु रुपले सञ्चालन गर्न आवश्यकता अनुसार स्वचालित रुपमा खुल्ने र बन्द हुने गर्छन् । वाथ ज्वरो वा वाथ मुटुरोगको कारणले गर्दा भल्भहरू खुकुलो वा साँगुरो हुने गर्छन् । यसले गर्दा मुटु भित्रको रक्त प्रवाहमा वाधा पुग्छ । बिरामीलाई हिँड्दा वा थोरै काम गर्दा पनि स्वाँ–स्वाँ हुने, थकाई लाग्ने, मुटु हल्लिने, र दम बढ्ने हुन्छ ।
वाथ ज्वरोले मुटुको भल्भमा असर गर्यो भने बालबालिकालाई जीवनभर दुख दिन्छ । यो रोगका बिरामी गरीब र चेतना अभाव भएको क्षेत्रमा बढी देखिन थालेका छन् । एउटै कोठामा धेरै मानिस निसास्सिएर बस्ने, सानो तर भेन्टिलेसन नभएको कक्षाकोठामा धेरै बालबालिकालाई पढाउने र ओशिलो वातावरणका कारण बाथ मुटुरोग देखिन्छ । नेपाल, भारतजस्ता दक्षिण एसियाली मुलुक र अफ्रिकी देशमा बाथ ज्वरोको समस्या बढी छ ।