१७ माघ, काठमाडौं । भारत सरकारले हुलाकी सडक निर्माणको पहिलो किस्ताको रकम करिब २५ करोड नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत रणजित रेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई चेक हस्तान्तरण गरे ।
हस्तान्तरण गरिएको रकम २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ रहेको छ । पूर्व पश्चिम हुलाकी राजमार्गको १७ वटा सडक खण्डमध्ये १० वटा भारत सरकारको आर्थिक सहयोगमा र सात वटामा नेपाल सरकारको लगानी रहने छ ।
पूर्व पश्चिम राजमार्गको समानान्तर हुने गरी तराई मधेशकोबीचबाट बनिरहेको यो सडक तराई मधेशको विकाशको लागि महत्वपूर्ण मानिन्छ ।
पूर्व पश्चिम राजमार्गको समानान्तर हुने गरी तराई मधेशकोबीचबाट बनिरहेको यो सडक तराई मधेशको विकाशको लागि महत्वपूर्ण मानिन्छ ।
२९ वर्ष अगाडिदेखि चर्चामा रहेको यो सडक प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ दोश्रो पटक प्रधानमन्त्री भएर भारतको औपचारिक भ्रमण हुदा हुलाकी राजमार्गलाई आर्थिक सहायता उपलब्ध गराई अगाडी बढाउने सम्झौता भएको थियो ।
यो हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले कूल ८ अर्ब आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...