स्वीडेनमा सामूहिक बलात्कार आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ति तीन जनाले एक महिलालाई सामूहिक बलात्कार गरेको र त्यसको लाइभ भिडियो सामाजिक सञ्जाल फेसकबुमा देखाएको आरोप छ । उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।
आइतबार बिहान एक महिलाले फोन गरेर फेसबुकमा एक ग्रुपले महिलालाई सामूहिक बलात्कार गरेको भिडियो फेसबुकमा लाइभ देखाएको भन्दै फोन गरेकी थिइन् । ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिम्रो बलात्कार भयो’ भनेको सुनिने र त्यसपछि त्यो व्यक्ति हाँस्छ । अरु धेरै व्यक्तिले पनि त्यो भिडियो हेरेको प्रहरीले पुष्टि गरेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...