-->
चलन चल्तीका १० अभिनेत्री : कसलाई कुन अभिनेत्री मन पर्छ ?


काठमाडौं, माघ १६ – सेलिब्रेटी र प्रशंसक अर्थात फ्यान एकअर्काका परिपुरक हुन् । फ्यान बिना कलाकारको कुनै औचित्य रहदैन । जसले राम्रो काम गरेर सबैको मन जित्न सक्छ उसका फ्यान पनि धेरै नै हुन्छन् । तर प्रशंसक बनाउनको लागि भने कडा मेहनत र सफलता पाउनै पर्छ । जसरी सेलिब्रेटीका फ्यानहरु हुन्छन् त्यसैगरी सेलिब्रेटीहरु पनि अन्य कलाकारका प्रशंसक र फ्यानहरु हुन्छन् । कोही बलिउड र हलिउड सेलिब्रेटीबाट प्रेरित भएका हुन्छन् त कोही कलिउड । हामीले नेपाली सिने करिअरमा लागेर धेरै प्रशंसा र फ्यानहरु कमाइसकेका केही अभिनेत्रीहरु, को कसका फ्यान रहेछन् त त्यस बारेमा एक सामाग्री तयार पारेका छौँ । 

प्रियंका कार्की 

प्रियंकाले मन पर्ने नेपाली अभिनेत्रीको बारेमा खासै कुरा गरेको पाँईदैन । तर उनी आफ्नै नाम भएकी बलिउड तथा हलिउड अभिनेत्री  प्रियंका चोपडाबाट धेरै हदसम्म प्रेरित छन् । प्रियंका चोपडा उनलाई मन पर्ने नायिका हुन् । प्रियंका बलिउड अभिनेत्री प्रियंकाकै गेटअपलाई अनुसरण गरेको भन्दै धेरै पटक आलोचित पनि बनेकी छिन् । त्यस्तै प्रियंका हलिउड अभिनेत्री तथा गायिका ब्रिट्नी स्पेयर्सबाट पनि प्रेरित छन् । 
प्रियंका  र ब्रिटनीको त झण्डै झण्डै अनुहार पनि मिल्छ ।  अनुहार मिलेकै कारण ब्रिटनीको फेशन पनि प्रियंकाले अनुसरण गर्ने गरेका आरोपहरु लाग्दै आएका छन् ।  तर प्रियंकाले भने यसको खण्डन गर्दै आफू उनीबाट केही हदसम्म प्रेरित भएको तर गेटअपलाई नपछ्याएको बताउने गर्छिन् ।

नम्रता श्रेष्ठ

नेपाली सिनेमाकी सबैभन्दा महंगी अभिनेत्री नम्रता श्रेष्ठका फ्यान फलोअर्स लाखौँको संख्यामा छन् । उनलाई  अभिनेत्री गौरी मल्ल असाध्यै मन पर्छ । उनी गौरी मल्लको अभिनयबाट निकै प्रभावित छिन् ।  नम्रताले सिनेमा होमवर्कमा पनि गौरी मल्ल भएकै कारण काम गर्न मन लागेको एक अन्तर्वार्तामा बताएकी थिइन् । 

केकी अधिकारी

म्युजिक भिडियो र सिनेमामा काम गरेर लाखौँ फ्यान बनाएकी अभिनेत्री केकी अधिकारी राम्रो अभिनयका कारण चिनिन्छिन् । अभिनय राम्रो गरेपनि उनले काम गरेका प्राय सिनेमाहरुले व्यापारमा भने राम्रो गर्न सकेका छैनन् ।  फेसबुकमा पनि केकीको फ्यान पेज जस्टिफाई अर्थात प्रमाणिकरण  भइसकेको छ । आफ्ना धेरै फ्यान फलोअर्स भएकी केकीलाई अभिनेत्री गौरी मल्ल मन पर्छ । केकी गौरीको अभिनय कलाको खुबै तारिफ गर्छिन् । त्यस्तै उनलाई प्रियंका कार्की पनि मन पर्छ ।  उनको नजरमा प्रियंका नेपालकी  फेशन आइकन नै हुन् ।  

शिल्पा पोख्रेल

अभिनेत्रीबाट निर्मात्री बनेकी शिल्पा पोख्रेल अहिले सिनेमा मंगलमको काममा व्यस्त भएकी छिन् । टेलिसिरियल र मोडलिङ हुँदै अभिनयमा आएकी शिल्पाले निर्माता छवि ओझासँग नाम जोडिएका कारण पाउन पर्ने जति फ्यान फलोअर्स नपाएको पनि धेरैले बताउँछन् । किनकी छविसँग नाम जोडिएपछि उनलाई धेरैले नकारात्मक दृष्टिकोणले हेर्ने गरेको पाईन्छ । तर पनि उनले काम गरेका सिनेमाले भने व्यवसायिक सफलता पाएकै हुन्छन् । शिल्पालाई मन पर्ने अभिनेत्रीको कुरा गर्नु पर्दा उनलाई नम्रता श्रेष्ठ र निरुता सिंह खुबै मन पर्छ ।  यी दबैै जनाको अभिनय मन पर्ने भन्दै उनले आफू यी दुईको ठूलो फ्यान भएको बताइन् । 

पूजा शर्मा

सिनेमा प्रेम गीतमा काम गरिसकेपछि अभिनेत्री पूजा शर्माका फ्यानहरु एकाएक बढेका छन् । पहिले नचिनेका र उनलाई सामान्य रुपमा लिएका मानिसहरु पनि उनको अभिनय र सुन्दरताको तारिफ गर्न हाजीर भए ।  प्रेम गीत भन्दा पहिले पनि पूजाले केही सिनेमामा काम त गरेकी थिइन् तर फ्यानहरु खासै कमाएकी थिइनन् । उनलाई प्रेम गीतले निकै राम्रो सफलता दियो ।  अहिले लाखौँ फ्यान फलोअर्स कमाएकी पूजा भने रेखा थापाकी प्रशंसक हुन् । उनलाई रेखाका प्राय सिनेमा र ती सिनेमामा रेखाको अभिनय खुबै मन पर्छ । 

वर्षा राउत

अभिनेत्री वर्षा राउतले पहिलो सिनेमाबाटै दर्शकको मन जितिन् । उनले सिनेमा ‘नाई नभन्नु ल ४’ बाट सिनेमामा ब्रेक लिएकी हुन् । त्यसपछि उनले सिनेमा छक्का पञ्जा र जात्रामा काम गरिन् । उनका तीन वटै सिनेमा सुपरहिट रहे । छक्का पञ्जा र जात्रामा काम गरेर वर्षाले धेरै फ्यान फलोअर्सहरु कमाएकी छिन् । हाल  सिनेमा मेरो पैसा खोइमा व्यस्त रहेकी उनी अभिनेत्री प्रियंका कार्कीकी प्रशंसक हुन् । 
उनलाई पहिलेदेखि नै प्रियंका खुबै मन पर्थ्यो । आफूलाई मन पर्ने अभिनेत्रीसँग उनले पहिलो सिनेमा  दोस्रो सिनेमामै काम गर्ने अवसर पाएकी थिइन् ।

निता ढुङगाना

निता ढुङगानालाई अभिनेत्री केकी अधिकारी मनपर्छ । उनी केकीको ठूलै प्रशंसक भएको बताउँछिन् । एकअर्काका प्रतिस्पर्धी भएर काम गरिरहेको भएपनि निता केकीलाई खुबै मन पराउँछिन् । निता हाल सिनेमा निर्भय र पञ्चायतको काममा व्यस्त छिन् । 

साम्राज्ञी राज्यलक्ष्मी शाह

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नम्रता श्रेष्ठ र प्रियंका कार्की एकदमै मन पर्छ । उनी यी अभिनेत्रीहरुसँग काम पनि गर्न चाहन्छिन् । त्यस्तै उनलाई सदाबहार अभिनेत्री करिष्मा मानन्धर पनि मन पर्छ । त्यस्तै उनी रेखालाई पनि मन पराउँछिन् । उनी रेखाको स्पष्ट बोल्ने बानी खुबै मन पर्छ ।

श्रृष्टी श्रेष्ठ 

अभिनेत्री तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले सिनेमा गाजुलबाट ब्रेक लिइन् । उनले पहिलो सिनेमामा गरेको कामबाटै खुबै प्रशंसा र फ्यान फलोअर्सहरु बटुलिन् । श्रृष्टी नेपालमा कम लण्डनमा ज्याद बसोबास गर्छिन् । तैपनि नेपाली सिनेमाको ज्ञान उनीमा छ । उनलाइ नेपाली अभिनेत्रीमा मेनुका प्रधान मन पर्छ । मेनुका र श्रृष्टी सिनेमा गाजलुका सँगै काम गरेका थिए । त्यस्तै उनलाई अभिनेत्री दिया मास्के पनि खुबै मन पर्छ । उनी यी दुईलाई नेपालका बेस्ट अभिनेत्री भन्न रुचाउँछिन् । 

स्वस्तीमा खड्का

सानै उमेरमा धेरै फ्यान फलोअर्स  भएकी नायिका हुन् स्वस्तीमा खड्का  । सिनेमा होस्टेल रिटन्र्सबाट ब्रेक लिएकी उनी अहिले दोस्रो सिनेमा ‘लभ लभ लभ’को प्रचार प्रसारमा छिन् । आफ्ना धेरै फ्यान फलोअर्स भएकी उनलाई मेनुका प्रधान खुबै मन पर्छ । उनी मेनुकाको अभिनय क्षमता बाट निकै प्रभावित छिन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.