भारतको तामिलनाडु राज्यको परम्परागत साँढे जुधाइ अथवा ‘जल्लीकट्टु’ साँस्कृतिक उत्सबलाई आयोजना गर्न दिने÷नदिने बारेमा चर्को बहस चलिरहँदा सो उत्सब मनाउने क्रममा साँढेको आक्रमणमा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सो राज्यको रापुसलमा भएको सो घटनामा अन्य दर्जनौंको मृत्यु भएको बताइएको छ ।
सो राज्यको रापुसलमा भएको सो घटनामा अन्य दर्जनौंको मृत्यु भएको बताइएको छ ।
सो उत्सबलाई भारतको सर्वोच्च अदालतले सन् २०१४ मा प्रतिबन्ध लगाएको थियो । तर ब्यापक जनप्रदर्शनपछि त्यहाँको राज्य सरकारले एक अध्यादेश जारी गरेर अदालतको आदेशलाई निस्प्रभावी बनाउन बाध्य भएको थियो ।
आइतवारबाट मात्रै सो उत्सव सुरु भएको थियो । रिसाएको साँढेलाई मानिसहरुको भिडमा दौडाएर स्थानीय किसानहरुले बाली भित्र्याउने चाडको रूपमा सो संस्कृतिलाई मनाउने गरिन्छ ।
तामिलनाडुका विभिन्न गाउँ तथा सहरहरुमा सो कार्यक्रम मनाइएको थियो ।
सर्वोच्च अदालतले साँढेप्रति क्रुरता भएको भन्दै सन् २०१४ मा प्रतिबन्ध लगाएको थियो । यस विषयमा स्थानीयले तामिलनाडुको संस्कृतिप्रति अपमान भएको भन्दै विरोध गरेका थिए । यससँगै लामो समयदेखिको विरोध प्रदर्शन पनि अन्त्य भएको थियो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...