-->
भारतीय क्रिकेटर जडेजा सवार गाडीले युवतीलाई ठक्कर दियो


भारतीय क्रिकेटर रविन्द्र जडेजा सवार कारले एक स्कुटरलाई ठक्कर दिइको छ ।

स्कुटरलाई ठक्कर दिएसँगै स्कुटरमा सवार युवती घाइते भएकी छिन् । दुर्घटनाको समयमा जडेडा आफ्नाी श्रीमतीसँग कारमा यात्रा गरिरहेका थिए । 

घाइते युवतीलाई उपचारको लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
घटना जामनगरको जागर्स पार्क क्षेत्रमा भएको जनाइएको छ । 

जडेजा आफ्नी पत्नी रीवालाई लिएक निस्कदै गर्दा दुर्घटना भएको हो । घाइते त्रिती शर्माका अनुसार उनलाई ठक्कर दिएसँगै जडेजा कारबाट बाहिरिएका थिए । यस घटनामा प्रहरी उजुरी परेको छैन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.