अमेरिकाको प्रसिद्ध एनबीसी टिभी नेटवर्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कान्छो छोरा बारोन ट्रम्पप्रति ट्वीटरमार्फत अशोभनीय कमेन्ट गर्ने सो नेटवर्कको स्याटर्डे नाइट लाइभ शो की लेखिका क्याटी रिचलाई निलम्बन गरेको बीबीसीले जनाएको छ ।
गत शुक्रबार एक ट्वीटरमा उक्त कमेडी शो की लेखिका रिचले बारोन ट्रम्पलाई ‘देशको पहिलो होम स्कुल सुटर हुने’ भनेर पोस्ट गरेकी थिइन् ।
त्यसपछि सामाजिक संजालमा आलोचनाको बाढी नै आएको थियो ।

त्यसपछि उनले सो ट्वीट मेटाएकी थिइन । पछि उनले ट्वीटर एकाउन्ट नै अफलाइन गरेकी थिइन् ।
तर सोमबार अनलाइनमा आएर ट्वीटरमार्फत आफ्नो हर्कतप्रति माफी मागेकी थिइन । ट्वीटरमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनकी छोरी चेल्सीले बारेनको समर्थनमा ट्वीट गरेकी थिइन ।

0 comments
प्रतिक्रिया दिनुहोस्...